गायक तथा सर्जक खिम अर्यालको नयाँ पन्चेबाजा गीत ‘भाेली त जाँदैछाैँ’ सार्वजनिक



Live Gulmi


गुल्मी । गायक तथा सर्जक खिम अर्यालको नयाँ पन्चेबाजा गीत ‘भाेली त जाँदैछाैँ’ सार्वजनिक भएको छ । अर्याल र ज्ञानेन्द्र अधिकारीको संयुक्त लय शब्द रहेको गीतमा खिम आर्याल र सुमित्रा मुखियाको स्वर रहेको छ । भने रमेश केसी, रितिका केसी र सन्तोष ओझाले अभिनय गरेका छन् ।

कमै मात्र सृजना गर्ने तर उत्कृष्ट सृजना गर्ने सर्जक खिम अर्यालको एक फरक परिबेश बोकेको पन्चेबाजा गीत बिहिबार साँझ सार्वजनिक भएको हो । उक्त पन्चेबाजा गीतमा ‘हार्यौ हामीले मायाको खेलैमा, नरोउ प्रीय छुटिने बेलैमा’, ‘डोली चढी मायालु,
भोलि त जाँदैछौँ मलाई छोडी मायालु’ लगायतका कर्णप्रिय शब्दहरू समेटिएका छन् ।

Jeewan and Rajan Tailors

उक्त गीतको भिडियो सुरेश पाण्डेले निर्देशन गरेका छन् । भने दृश्य निर्माण उमङ फिल्म प्रा.लि. ले गरेको हो ।

साेही गीत हेर्नका लागि 

https://youtu.be/48x7wgcJwZQhttps://youtu.be/XI4hX3YO3xQ?si=VZqc0EsJz9uOmJgI

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया