धुर्कोट जैसिथोकमा पाँचवर्षे योजना सम्बन्धी प्रारम्भिक अन्तरक्रिया



Live Gulmi


बासुदेव पाेखरेल, गुल्मी ।  गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकको आयोजनामा आगामी २०८१/८२ देखि २०८६/८७ सम्मको पाँचवर्षे योजनाहरू तयार गर्नका लागि प्रारम्भिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, विद्यार्थी र वडा भित्रका अन्य सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष वीरबहादुर जोगी कुँवरले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव अशोक खनालले गर्नुभएको थियो ।

प्रारम्भिक अन्तरक्रिया कार्यक्रममा वडाको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सामाजिक विकास र अन्य प्राथमिकताका विषयमा  छलफल भएको थियो  सहभागीहरूले वडाको आवश्यकता, चुनौती र सम्भावनालाई मध्यनजर गर्दै दीर्घकालीन र प्रभावकारी योजना निर्माणका लागि महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरे। कार्यक्रमको सहजीकरण अलना इन्टरनेशनल सर्भिसेज प्रा.लि. का रामप्रसाद खनाल र खडानन्द भट्टराईले गर्नुभएको थियो।

कार्यक्रमले वडाको समृद्धि र दिगो विकासका लागि ठोस रणनीति तयार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। सहभागीहरूले यसलाई वडाको विकासका लागि महत्त्वपूर्ण प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन्।

( Jeevan rajan

वडा अध्यक्ष वीरबहादुर जोगी कुँवरले कार्यक्रमको अन्त्यमा वडाको विकासका लागि सबै क्षेत्रको सहकार्यमा योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया