चन्द्रमा बचत तथा ऋण सहकारीकाे तेस्रो अधिवेशन तथा साधरणसभा सम्पन्न



Live Gulmi


गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित चन्द्रमा बचत तथा ऋण सहकारी संस्थाकाे अधिवेशन र वार्षिक साधरण सम्पन्न भएको हाे । सहकारिले शनिबार तम्घासकाे बालमन्दिरमा कार्यक्रम सञ्चालन गरेको हाे ।                                                                                   संस्थाले आफ्नो ११ औं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको संस्थाका व्यावस्थापक अमृता पराजुलिले जानकारी दिएकी छन् । उनले संस्थाकाे वार्षिक प्रतिवेदन समेत सभामा प्रस्तुत भएको बताइन् । सहकारी गत आर्थिक बर्षकाे तुलनामा याे बर्ष आर्थिक प्रगति ६.११ प्रतिशत रहेको छ ।
संस्थाकाे २०८१ असार मसान्तसम्मकाे यथार्थ पुँजी चार कराेड सतासी लाख बयासी हजार ६ सय उन्चालीस रुपैयाँ ९ पैसा रहेको छ व्यावस्थापक पराजुलीले जानकारी दिएकी छन् ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापाले चन्द्रमा बचत तथा ऋण सहकारि संस्थाले नागरिकको अप्ठ्यारो र असहजिलाे समयमा अभिभावकिय भुमिका निर्वाहा गरिरहेकाे बताए । उनले संस्थाकाे सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।                                                                                  संस्थाकाे तेस्रो अधिवेशनले मित्र बहादुर थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ । जसकाे उपाध्यक्षमा हेम वहादूर श्रीष,सचिवमा माया जिसि , सह-सचिव जमुना कुवर,काेषाध्यक्षमा झक वहादुर वस्नेत सदस्यमा वसन्ती देवी श्रेष्ठ, दिल बहादुर श्रीष ,यम बहादुर वस्नेत,चन्द्रकला भण्डारी ,राम बहादुर सुनार र संजय पहराइ निर्वाचित भएका छन् ।
त्यस्तै लेखा संयाेजकमा अशोक बहादुर खत्री र सदस्यमा राम बहादुर कुँवर र अनिता कुँवर निर्वाचित भएका छन् । पहिला अनाैपचारिक रुपमा सञ्चालन भएकोमा यश सहकारी वि.स २०७० साल चैत १८ गते डिविजन सहकारी कार्यालय पाल्पामा दर्ता गरि सञ्चालन सुरुवात भएको हाे । अहिले यश सहकारिमा ६ सय ४५ जना शेयर सदस्य रहेका छन् र बाल बचतमा एक सय २६ जना बालबालिका रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया