इस्मामा लैङ्गिक हिंसा विरुद्धको १६ दिन सचेतनामुलक कार्यक्रम गरी मनाइयो



Live Gulmi


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई यस वर्ष प्रभावकारी रुपमा विभिन्न कार्यक्रम गरी मनाएकाे छ । “हामी सबैकाे प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यकाे लागि ऐक्यबद्धता” भन्ने मूल नाराका साथ ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र देखेमा प्रतिकार गर्छु, आवाज उठाउँछु’ भन्ने प्रतिबद्धताका साथ गाउँपालिकाका गाउँपालिकाका विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरी हिंसा विरुद्धको अभियान मनाइएको हो ।                                                                                   लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रतिबद्धता पत्रमा हस्ताक्षरका साथै (क) बर्गका अपाङ्गतालाई सम्मान, बेइजिङ घाेषणा पत्रका १२ वटा प्रतिबद्धता बारे अभिमुखीकरण कार्यक्रम, बालश्रम, बालविवाह, दाइजो र बाेक्सी विरुद्धको कार्यक्रम, जलवायु परिवर्तनले महिलामा पारेको प्रभाव बारे सचेतना कार्ययोजना कार्यक्रम, दिगो विकासको लक्ष्य नं. ५ कार्यान्वयन कार्यक्रम [लैङ्गिक समानता सम्बन्धी अभिमुखीकरण कार्यक्रम] र बालबालिकाकाे सर्वाङ्गिण विकासका लागि संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।                                                                                 लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान-२०८१ अन्तर्गत मंसिर १० गतेदेखि २५ गतेसम्म [२५ नोवेम्बर देखि १० डिसेम्बर] कार्यक्रम संचालन भएका थिए । उक्त कार्यक्रममा गाउँपालिकाका ३०० भन्दा बढीको सहभागिता भएको छ । उक्त कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान इस्मा गाउँपालिका संयाेजक तथा इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरकाे उपस्थितिमा सम्पन्न भएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले कुनै प्रकारका हिंसा कसैले कसैलाई गर्न नहुने बताइन् । उनलेे पुरुषले महिलालाई, महिलाले पुरुष, वा जुनसुकै भएपनि लैङ्गिक आधारमा विभेद गर्न वा हिंसा गर्न नपाइने बताइन् । प्रत्येक कार्यक्रममा सम्बन्धित बिषय विज्ञद्वारा सहभागीलाई प्रशिक्षित गराइएको थियो ।                                                                                   गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले गाउँपालिकामा लैङ्गिक हिंसा र जस सम्बन्धि सचेतनामुलक कार्यक्रम, प्रशिक्षण र सम्मान लगायतका कार्यहरु गरेर लैङ्गिक हिसा विरुद्धकाे १६ दिने अभियान मनाएको बताएका छन् । उनले कार्यक्रमकाे प्रभावकारीताले लैङ्गिक समानता कायम हुने अपेक्षा गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया