गुल्मी । महेन्द्र नमुना माविमा बालअधिकार महासन्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार गुल्मीको सदरमुकाम तम्घासस्थित महेन्द्र नुमना माध्यमिक विद्यालयमा रेसुङ्गा नगरपालिका गुल्मीको आयोजना, विद्यालयकाे व्यवस्थापन र सुसम मिडिया प्रा.लि. लाइभ गुल्मीको सहजीकरण संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि १९८९ सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रम महेन्द्र नमुना माध्यमिक विद्यालयका कक्षा १२ अध्ययनरत एक सय जना बढी विद्यार्थीकाे सहभागितामा रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा महेन्द्र नुमना माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष रामप्रसाद पन्थीकाे अध्यक्षतामा शुभारम्भ भएको थियो । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीकाे स्वागत मन्तव्यसँगै कार्यक्रमका अध्यक्ष वडाध्यक्ष पन्थीले औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा अधिवक्ता विनोद पाण्डेले संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि १९८९ सम्बन्धि विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । बालअधिकारका बिषयमा नेपालले गरेका प्रतिबद्धता, राष्ट्रसंघमा भएको व्यवस्था र हालको अवस्था सम्बन्धि उनले अभिमुखीकरण गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष युवराज भण्डारीले कार्यक्रम निकै प्रभावकारी बनेको र आगामी दिनमा पनि यस्तै सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए । उनले कार्यक्रम थप व्यवस्थित र प्रभावकारी बनाउन समेत सुझावसहित सुल्झाएका थिए । लाइभ गुल्मीका संचालक सन्तोष महताराले सहजीकरण गरेको उक्त कार्यक्रम कार्यक्रमका रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीले समापन गरेका थिए । कार्यक्रम समापन गर्दै वडाध्यक्ष पन्थीले बालअधिकारका बिषयमा आफूहरू जिम्मेवार रहेको र बालबालिकालाई अधिकार प्रदानकाे बिषयमा प्रतिबद्ध रहेको बताएका थिए । उनलेे नगरपालिकाले यस्तै कार्यक्रम गर्दै जाने पनि बताएका थिए ।
तपाईंको प्रतिक्रिया
-
Live Gulmi सुसम मिडिया प्रालिद्धारा संचालित डिजिटल अनलाइन पत्रिका हो ।लेखक द्वारा अन्य