गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाकाे सत्यवती गाउँपालिकाकाे जुनियाँस्थित भार्से-खैरेनी सडकखण्डमा खैरेनीबाट जुनियाँ जाँदै गरेको डबल क्याप जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । उनका अनुसार, खैरेनीबाट जुनियाँ तर्फ जाँदै गरेको ग १ च ४६६७ नम्बरको डबल क्याप जीप र विपरीत दिशाबाट आउँदै गरेको लु १ च ५५९६ नम्बरको बाेलेराे जीप एकआपसमा ठाेक्किएका थिए । जसबाट खैरेनीबाट जुनियाँ तर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो । उक्त जीपमा सवार स्थानीय दुई जना घाइते भएका छन् । सवारी चालक ४४ वर्षीय ओमबहादुर सार्की र ४५ वर्षीय राेमबहादुर बिककाे हातखुट्टामा चाेट लागेर घाइते भएका हुन् । उनीहरूकाे स्थानीय जाेहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र खैरेनीमा सामान्य उपचार भइरहेको छ । थप उपचारका लागि पाल्पा पठाउने तयारी छ । प्रहरीले अर्को सवारी र सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिक्रिया
-
Live Gulmi सुसम मिडिया प्रालिद्धारा संचालित डिजिटल अनलाइन पत्रिका हो ।लेखक द्वारा अन्य