थानपती निमाविको आर्थिक अभियान : कर्मचारीद्वय घर्तीमगर र जिसीबाट दस हजार सहयोग



Live Gulmi


गुल्मी । गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निमाविले विद्यालयको बृहत्तर विकासको लागि आर्थिक अभियान सुरु गरेको छ । विद्यालयले सुरु गरेको अभियानलाई देश विदेश बाट सहयोग प्राप्त भैइरहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।

त्यस्तै मालिका गाउँपालिका शिक्षा शाखाका प्रमुख भुम घर्ती र सहायक सुरज जिसी बाट १० हजार रकम प्राप्त भएको छ । विद्यालयले सुरु गरेको अभियान निकै राम्रो उत्कृष्ट र अनुसरणीय भएको हुँदा आफ्नो तर्फ बाट थोरै सहयोग गरेको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले बताए । त्यस्तै विद्यालयमा नयाँ नेतृत्व आएपछि विद्यालय व्यवस्थापन समिती सहित सिङ्गो दघास गाउँ विद्यालय वनाउन लागि परेको हुँदा थप हौसलाको लागि सहयोग गरेको शिक्षा शाखाका सुरज जिसीको भनाइ छ ।

Jeewan and Rajan Tailors

ग्रामिण क्षेत्रमै अभिभावकको चाहना अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए । विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।

The Star Family Restaurant

साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया