स्थानीयको गुनासो सुन्दै काँग्रेस केन्द्रीय सदस्य सांसद डा. चन्द्र भण्डारी 



Live Gulmi


गुल्मी । प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले स्थानीयकाे गुनासो सुनेर संकलन गर्दै हिडेका छन् । गृह जिल्ला गुल्मीमा स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया गर्दै गुनासो सुनेर संकलन गर्ने कार्यकाे सुरु बिहीबार वी.पी. स्मृति भवन तम्घासबाट सुरु गरेका हुन् ।                                                                                 गुल्मीका विकाससँग सम्बन्धित कार्यालय र स्थानीय तहकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक प्रगति समिक्षाका लागि गुल्मी आएका काँग्रेस नेता भण्डारी बुधबार र बिहीबार समिक्षा कार्यक्रममा सक्रियपूर्वक सहभागी भएका थिए । जस कार्यक्रमसँगसँगै बिहीबार बिहान वी.पी. स्मृति भवन तम्घासमा नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिले आयोजना गरेको प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारी र लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्कीबीच सँगकाे अन्तरक्रिया तथा छलफलकाे कार्यक्रमबाट नेता भण्डारीले स्थानीयकाे गुनासो सुनेर संकलन गर्ने अभियान शुभारम्भ गरेका हुन् ।                                                                                कार्यक्रममा भण्डारीले रेसुङ्गा नगरपालिकाका १४ वटै वडाका नेपाली काँग्रेसका सभापतिसँग पार्टी, विकास स्थिति र समसामयिक बिषयमा गुनासो लिएका थिए । जसको सम्बाेधनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले जनता केन्द्रित विकासमा सबै मिलेर लाग्नुपर्ने बताएका थिए । उनलेे आधारभूत आवश्यकताका लागि जनताहरु छट्पटी गर्नुपर्ने अवस्थाकाे अन्त्य गर्दै सरकारले मुलुककाे अवस्था सुधार गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।                                                                              शुक्रबार देखि नेता भण्डारी आफू निर्वाचित क्षेत्र गुल्मी क्षेत्र नम्बर १ का विभिन्न स्थानमा स्थानीयसँग भेटघाट गरेर गुनासो लिने अनि संकलन गरेर लैजाने कार्यक्रम रहेको छ । जिल्लास्थित समग्र समस्या संसदमा उठाउने प्रतिबद्धता काँग्रेस नेता सांसद भण्डारीले गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया