मनोसामाजिक परामर्श र कानुनी प्रशिक्षण सम्पन्न



टाेपलाल अर्याल


गुल्मी । महिला विकास मन्च नेपाल गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा मनोसामाजिक परामर्श र कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले हाम्रो साहस कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिका वडा नम्बर ७ र ८ का महिला र टोल सुधार समिति समेतको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

पछिल्लो समय ब्यस्त जीवनशैली, मानसिक स्वास्थ्यको समस्यालाई मध्यनजर गर्दै तालिमप्राप्त मनोसामाजिक परामर्शकर्ता दिक्षा थापा र तम्घास अस्पतालका नर्सिङ स्टाफ कल्पना बोहोराबाट सहभागीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिइएको हो। महिलाको हक र अधिकारसम्बन्धी कानुनी प्रावधान र प्रभावकारी कार्यान्वयनको विषयमा अधिवक्ता हीरा कुँवर र अधिवक्ता गोपालप्रसाद खनालले सहजीकरण गर्नुभएको संस्थाकी सचिव बिन्दु पन्थीले जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा गाउँस्तरमा समेत सचेतनामुलक कार्यक्रम सन्चालन गर्नका लागि संस्थाले पहल गरिरहेको बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष अधिवक्ता हीरा कुँवरको अध्यक्षता , सचिव बिन्दु पन्थीको सन्चालन र कमला बरालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । महिला विकास मन्च नेपाल गुल्मी जिल्लामा २०७५ सालमा स्थापना भएर महिला र सिमान्तकृत समुदायको अधिकार प्रवर्धन र सचेतीकरणका लागि काम गर्दै आइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया