नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गुल्मीमा नयाँ नेतृत्व



Live Gulmi


गुल्मी । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गुल्मीमा नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गुल्मी संयाेजकमा उत्तम बहादुर कुँवर चयन भएका छन् ।

कुँवरको नेतृत्वमा बनेको नयाँ समितिको सचिवमा तिलाचन पाण्डे र कोषाध्यक्षमा उदय बहादुर कार्की पनि सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरूमा लक्ष्मण भण्डारी, हरि प्रसाद पोखरेल, निर्मल कुमार श्रेष्ठ, महेश्वर घिमिरे र माधव बिष्ट चयन भएका छन् ।

यातायात व्यवसायीहरूको भेलाले आगामी कार्यकालका लागि यो नयाँ नेतृत्व चयन गरेको हो  । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गुल्मीमा गुल्मी यातायात, रुरुरेसुंगा यातायात, मैत्री यातायात र आँगन यातायात समावेश छन् ।

सबै यातायात ब्यवसायीको हकहितका निम्ति साझा भएर काम गर्ने नवनिर्वाचित सचिव तिलाचान पाण्डेले बताए ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया