गुल्मी । कपडा फेन्सी व्यवसायी समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट हरि प्रसाद पाण्डेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। अधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद गैह्रेले गर्नुभएको थियो।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा मोम्मत सागिर मियां, उपाध्यक्षहरूमा हरि प्रसाद ज्ञवाली र जानुका भट्टराई, महासचिवमा जावुल मियां, सचिवहरूमा दिपक रेग्मी र केशव प्रसाद मरासिनी, कोषाध्यक्षमा रामकृष्ण पौडेल तथा सह–कोषाध्यक्षमा इन्द्र बहादुर बुढा मगर चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा तुलसीराम पाण्डे, लतिप मियां, साविर मियां, थानेश्वर आचार्य, सलिमा खातुन, खुसदिन मियां, गिरीराज भण्डारी, मोहन नेपाली, रमेश परियार, हजिम मियां, विष्णु प्रसाद पाण्डे र अन्जुम मियां रहनुभएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गैह्रेले व्यवसायीहरूबीच एकता र पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो भने नवनिर्वाचित अध्यक्ष पाण्डेले व्यवसायीहरूको हकहित र संस्थागत सुदृढीकरणका लागि आफू प्रतिबद्ध रहने बताउनुभयो।









