गुल्मीको सिताराम मन्दिरमा महायज्ञ सुरु



Live Gulmi


गुल्मी । गुल्मीको सिताराम मन्दिरमा महायज्ञ शुक्रबारदेखि सुरु भएको छ । रेसुंगा क्षेत्रमा रहेको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाको संगम स्थल रेसुंगा नगरपालिका-१३ भुवाने पार्कमा महायज्ञ सुरु भएको हो ।

शुक्रबारदेखि १९ गतेसम्म श्रीराम कथा, शिव पुराण पारायण, हनुमान चालीसार हवनात्मक अनुष्ठान राष्ट्र कल्याण महायज्ञ-२०८२ संचालन हुने सिताराम मन्दिरका परिकल्पनाकार सुब्बा बस्नेतले बताए । उनकै अगुवामा सिताराम मन्दिर व्यवस्थापन समितिको आयोजनामा महायज्ञ चलिरहेको छ ।

महायज्ञमा प्रमुख वाचिका सुधा अच्युत प्रिया रहेकी छिन् । शुक्रबार बिहान गुल्मीदरबार गाउँपालिका-३ मा रहेको म्यालपाेखरी मन्दिरबाट सिताराम मन्दिर भुवानेपार्कमा कलश यात्रा संचालन गरिएको थियो । त्यसपछि औपचारिक रुपमा महायज्ञ संचालन भएको थियो ।

महायज्ञको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा कार्कीले एक व्यक्तिले यसरी अगुवा गरेर धार्मिक रुपमा जाेड्नु निकै उदाहरणीय कर्म रहेको भन्दै प्रशंसा गरेका थिए ।

( Jeevan rajan

विगत केही वर्षदेखि यस क्षेत्रमा सिताराम मन्दिर स्थापना भएपछि लगातार महायज्ञ लाग्ने गरेको छ । परिकल्पनाकार सुब्बा बस्नेतलाई स्थानीय समुदायले सहयोग गरिरहेकाे छ । जसका कारण महायज्ञ भव्य रुपमा संचालन गरेको छ ।

यस महायज्ञ अवधिभर स्वस्ति बाचन, कथा बाचन, श्रीराम कथा, शिव पुराण पारायण, हनुमान चालीसा र  हवनात्मक अनुष्ठान हुनेछन् । महायज्ञमा स्वतस्फूर्त स्थानीयले सहयोग पनि गरिरहेका छन् ।

<

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया