गुल्मीमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना



Live Gulmi


गुल्मी । गुल्मीमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना भएको छ । राष्ट्रिय तथ्यांक कार्यालय अन्तर्गत आर्थिक गणनाका लागि सदरमुकाम तम्घासमा उक्त कार्यालय स्थापना भएको हो ।

जिल्लामा तथ्यांक संकलनका लागि ३२ जना गणक, ५ जना सुपरिवेक्षक खटिनेछन् । बैशाख २ गतेदेखि असार ७ गतेसम्म कर्मचारीले तथ्यांक लिनेछन् । सम्पूर्ण उद्योग र व्यवसायमा आर्थिक तथ्यांक लिनका लागि यसले काम गर्दैछ । आगामी चार महिना कार्यालयले कर्मचारी खटाएर तथ्यांक संकलन गर्दैछ ।

जिल्ला हुलाक कार्यालय क्याम्पसराेडमा कार्यालय स्थापना भएको जिल्ला आर्थिक गणना कार्यालय गुल्मीका प्रमुख गीता भण्डारीले बताइन् । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, काेष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख महेन्द्रप्रसाद भण्डारी र जिल्ला हुलाक कार्यालय प्रमुख खेतबहादुर खत्रीसहितको उपस्थितिमा कार्यालय स्थापना भएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले दाेस्राे आर्थिक गणना गर्दैछ । चैत १ गतेदेखि असार मसान्तसम्म कार्यालय स्थापना गरेर गणना गर्दैछ । पहिलो गणना २०७५ मा गरेको थियो । दाेस्राे पटक यसपटक हुँदैछ ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया