होडानको प्रथम साधारण सभा सम्पन्न, मदन कुमार पूर्वेको अध्यक्षतामा नयाँ नेतृत्व



Live Gulmi


काठमाडौं । स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल (होडान) को प्रथम साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। सभाले मदन कुमार पूर्वेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।

​नयाँ समितिको उपाध्यक्षमा रामहरी थापा, महासचिवमा रघुनाथ पनेरू र कोषाध्यक्षमा पुजा चौधरी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा खिमराज अधिकारी, अञ्जली रोक्का, लक्ष्मी नारायण उपाध्याय, राजेन्द्र चौधरी र कृष्ण अधिकारी रहेका छन्।

​साधारण सभालाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार शमशेर नेपालीले होडानले स्थापनाको ६ महिनामै उल्लेख्य काम गरेको बताउनुभयो। राज्य र सरोकारवाला निकायले होडानको भूमिकालाई बुझेकोमा आफूलाई गौरव महसुस भएको उहाँको भनाइ थियो। अर्का वक्ता सोमराज लिम्बूले राज्यले सबै व्यवसायीलाई समान रूपले व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।

​मदन कुमार पूर्वेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रामहरी थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रघुनाथ पनेरूले गर्नुभएको थियो।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया