नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा जिल्ला अस्पताल गुल्मीलाई इन्जेक्सन हस्तान्तरण



Live Gulmi


गुल्मी । नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीले जिल्ला अस्पताल गुल्मी (तम्घास अस्पताल) लाई बाथ मुटु रोग लागेकाहरुका लागि निःशुल्क वितरण गर्ने गरी बेन्जाथेन पेन्सिलिन इन्जेक्सन हस्तान्तरण गरेको छ।

आज सम्पन्न कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य अखिलेश्वर प्रसाद पाण्डेको उपस्थिति रहेको थियो। प्रतिष्ठानको तर्फबाट सामग्री निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रज्ञा शाक्यले बुझ्नुभएको हो। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेले सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका सभापति ताराप्रसाद भुसालले आगामी दिनमा अस्पताललाई आवश्यक पर्ने सहयोगका लागि प्रतिष्ठान सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यसअघि पनि मुटुसम्बन्धी स्वास्थ्य शिविर, विद्यालयस्तरमा विद्यार्थीहरूको मुटु जाँच तथा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया