गुल्मीमा विद्यार्थीहरुका लागि अतिरिक्त क्षमता विकास सचेतना कार्यक्रम सम्पन्न



Live Gulmi


प्रियंका पन्थी, गुल्मी । गुल्मीमा विद्यार्थीहरुका लागि अतिरिक्त क्षमता विकास सचेतना कार्यक्रम सम्पन्न भएको छ् । जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा बुधबार घरेलु तथा साना उद्योग कार्यालय तम्घास, गुल्मीको आयोजना तथा रेसुङ्गा बहुमुखी क्याम्पस र करदाता सेवा कार्यालय तम्घास गुल्मीको समन्वयमा सम्पन्न भएको हो ।

व्यवस्थापन संकायका विद्यार्थीहरूको अतिरिक्त क्षमता विकास तथा सचेतना कार्यक्रम अन्तर्गत विद्यालय तथा समुदाय स्तरमा उपभोक्ता शिक्षा कार्यक्रम उपभोक्ता अधिकार र करदाता र शिक्षा विषयमा सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा घरेलुु तथा साना उद्योग कार्यालयका अधिकृत सुरेन्द्र भण्डारीले उपभोक्ता तथा उपभोक्ता अधिकार सम्बन्धि प्रशिक्षण दिएका थिए । यता कर कार्यलयका प्रमुख सुरज बस्यालले कर सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
घरेलुु तथा साना उद्योग कार्यालय गुल्मीका अधिकृत सुरेन्द्र भण्डारी, सुचना अधिकारी जीवन घिमिरे र करदाता सेवा कार्यालयका कर अधिकृत सुरज बस्याल र नायव सुब्बा सुवर्ण भण्डारी, उधम बिकास सहज कर्ता त्रिबिक्रम ज्ञवाली लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

 

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया