मदाने गाउँपालिकाबाट एसईइमा तीन सय पाँच जना सहभागी भएकोमा ८० जना उत्तीर्ण



Live Gulmi


अनिल खत्री, गुल्मी ।  राष्ट्रिय परिक्षा बोर्ड नेपालले २०८० चैत्र १५ गते देखी देशैभरमा एसईइको परिक्षा लिएको थियो । २०८१ असार १३ गते बोर्डले नतिजा सार्बजनिक गरेको छ । देशैभरको नतिजा  हेर्दा बिगत भन्दा यो बर्ष रिजल्ट भने संतोषजनक छैन ।
यता गुल्मीको मदाने गाउँपालिका भित्र ८ वटा माध्यमिक बिधालय रहेका छन । हिजो प्रकाशित परिक्षाफल हेर्दा केही बिधालय भने बिगत भन्दा कम्जोर बनेका छन् ।                                                                         विभिन्न बिधालयलयमा गरि जम्मा ३०५ जना परिक्षामा सहभागी भएका थिए । सहभागी मध्य ८० जनाले उत्कृष्ट जि पि ए लिएर एस ई ई पास गरेका छन् । जसमा रघुफेदी प्रतीमान मा बि अग्लुङ्ग बाट २९ जना सहभागी मध्य १ जना पास भएका छन् ।अग्लुङ्ग मा बि अग्लुङ्ग बाट सहभागी ३८ जना मध्य ९ जना, बाँझकटेरी मेघगङ्गा मावि मदाने गाउँपालिका २ बाट  सहभागी  ४९ जनामा १७ जना, रियाले मा बि मा सहभागी २४ जनामा ४ जना, पुर माबिमा सहभागी  २९ जनामा ३ जना  पास भएका छन् । त्यस्तै मेहेलेपोखरी मा बि मा सहभागी  ३३ जनामा ७ जना, पृथ्वी मा बि मा सहभागी ९४ जनामा  ३८ जना, दिपक मा बि मा सहभागी ९ जनामा १ जना पास भएका छन । जसमा गाउँपालिका भरिमा पृथ्वी मा बि का विद्यार्थीले सर्बोउत्कृष्ट जिपिए लिएका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया