एमाले गुल्मीद्वारा कार्यालय प्रमुखसँग समसामयिक विषयमा छलफल 



Live Gulmi


गुल्मी । नेकपा एमाले गुल्मीले जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूसँग समसामयिक विषयमा छलफलसँगै परिचयात्मक कार्यक्रम गरेको छ ।  हालै सम्पन्न १२ औं जिल्ला अधिवेशन नवनिर्वाचित जिल्ला कमिटीका सदस्यहरूले सरकारी कार्यलय प्रमुखहरुसँग परिचयात्मक कार्यक्रमसँगै जिल्लाको समसामयिक विषयमा छलफल गरेका हुन् ।

कार्यक्रममा नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले  समसामयिक विषयमा कार्यालय प्रमुखहरु छलफल गरेका थिए । उनले जिल्लाका विकास निर्माणकार्य र मनसुन नजिकिँदै गरेकाले त्यसको पूर्वतयारी बारेमा छलफल गरेका हुन ।

Jeewan and Rajan Tailors

कार्यालय प्रमुखहरूसँग अध्यक्ष काउछाले जिल्लाका विकास निर्माण र आम समस्याहरुमा रचनात्मक सहयोग सहकार्य गर्ने बताए । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नागरिक मैत्री सेवाप्रवाहमा राजनीति दलहरुबाट सुझाव सल्लाह र गुनासाााहरु आए राख्न आग्रह गरे ।

The Star Family Restaurant

जिल्लामा विपद् पूर्व तयारी र सरकारी कार्यालयबाट भइरहेका सेवा प्रवाहको बारेमा जानकारी समेत गराएका थिए । नेकपा एमाले गुल्मीको जेठ २९ र ३० गते सम्पन्न अधिवेशनले अध्यक्ष काउछाको नेतृत्वमा १०५ जनाको जिल्ला कमिटी निर्वाचित गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया