एमाले गुल्मीको अध्यक्ष सहित पदाधिकारीमा निवाचन हुने संकेत



अनिल खत्री


गुल्मी । नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । मंगलबारबाट शुरु भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया मार्फत चयन हुने देखिएको छ ।

जिल्ला अध्यक्ष सहित पदाधिकारीका सबै पदमा निर्वाचन हुने भएको छ । सहमती मार्फत नेतृत्व चयन हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष, सचिव र सह–सचिव पदमा निर्वाचन हुन लागेको हो ।
अध्यक्ष पदमा निर्वतमान अध्यक्षमा बालसिंह काउछा र हिरा एसी, उपाध्यक्षमा गणेश श्रीपाली र जीवन खरेल, सचिवमा पदम अर्याल र धर्म बिश्वकर्मा र सह–सचिव पदमा ओम कार्की र चेतन बस्नेतले उम्मेदबारी दिएका छन् । महिला सह–सचिव पदमा लक्ष्मी पन्थको मात्रै उम्मेदबारी रहेका र्निविरोध भएको एमालेको निर्वाचन अधिकृत गोपाल खनालले बताए ।

Jeewan and Rajan Tailors

अरु जिल्ला सदस्य पदहरुमा पनि उम्मेबारी परे तर सहमती गर्ने पर्यास भइरहेको पार्टीले जनाएको छ । सदस्यका धेरैजसो पदहरुम महमती हुनसक्ने सम्भावना रहेपनि पदाधिकारीहरुमा भने दुइ समुह जस्तै बनेर उम्मेदबारी दिएकाले न्यून देखिन्छ  । उम्मेदबारहरुले आफनो उम्मेदबारी फिर्ता लिनका लागि आज बिहान १० बजेसम्मको समय तोकिएको खनालले बताए । सहमती नभएका पदहरुमा त्यसपछि निर्वाचन गरिने उनको भनाइ छ ।
मंगलबार र बुधबारका लागि तय भएको अधिवेशन तोकिएकै समयमा नयाँ नेतृत्व चयन हुन नसकेपछि एक दिन लम्बीएको छ । अधिवेशनको नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका थिए ।

अधिवेशनमा जिल्लाभरबाट ६१३ जना प्रतिनिधी सहभागि रहेको रहेका छन् । अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछन् । जिल्लामा दुइ केन्द्रिय नेता उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण बिष्टको जिल्ला पर्दछ । यी नेताहरु आ–आफनै फेबरका नेताहरुलाई नेतृत्वमा लैजान चाहन्छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया