गुल्मीमा कालिज पालनमा बजारीकरणको समस्याले लगानी डुब्दै



अनिल खत्री


गुल्मी । सरकारले युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको सुरु हुन थालेका थिए । तर कतिपय युवाहरु कृषि व्यवसायमा लाखौं रकम डुबाएर पलायन हुने अवस्थामा पुगेका छन् ।

चार वर्ष अघि जंगली चरा कालिज पालको राम्रो सम्भावना देखेर गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरमा बिदेशबाट फर्केर हुमाकान्त अर्यालले कालिजको व्यावसायिक पालन सुरु गर्नुभएको थियो । काब्रेपलाञ्चोक बाट चल्ला लिएर कालिज पालन सुरु गरिएको व्यवसाय अहिले बन्द हुने अवस्थामा पुगेको कालिज पालन व्यवसायी हुमाकान्त अर्यालले बताउनुभयो । रोजगारिको शिलसिलामा ७ वर्षसम्म कतारमा बसेका अर्यालले काब्रेपलाञ्चोकमा साथीले कालीज पालेको देखेर सुरुवात गर्नु भएको थियो । कालिज पालनमा महिना एक लाख बराबरको घाटा व्यहोदै आएको बताउदै अर्यालले अहिले फम बन्द गर्ने की चलाउने दोधारमा रहेको बताउनुभयो  ।

Jeewan and Rajan Tailors

फम बन्द गर्दा लगानी डुब्ने डर चलाउदा झनै ऋण थपिने डरको चिन्तामा भएको अर्यालको भनाइ छ । अर्यालले ३५ लाखको लगानीमा सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च सेन्टर अहिले १ करोड लगानी पुगेको उहाँले बताउनुभयो । फममा कालिजसँगसागै केहि मात्रामा लौकाट र कर्टी चरा पाल्दै आउनु भएको छ । अर्यालले ४ रोपनी जग्गामा घेराबन्दी गरेर कालिज पालन हुँदै आएको छ  ।   शुरुमा ३ सय कालिजका चल्लाबाट सुरु गरेको व्यवसायमा कुनै समय ३ हजारसम्मा कालिज थिए । अहिले अर्यालको फममा ५० वटा भन्दा बढी कालिज छैनन् ।

The Star Family Restaurant

अर्यालले फ्रन्स र डेनमार्क जातको कालिज पाल्दै आएका छन् । कालिज पालन व्यवसायलाई सरकारी तबरबाट पनि सहयोग गर्ने त्यस्तो नीति नभएको भेटेनरी अस्पताल तथा बिज्ञ सेवा केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताउनुभयो ।  उहाँले गाई भैंसी, बंगुर, खुकुरा पालनमा सहयोग गर्दै आएको बताउनुभयो ।  कृषकले लगानी अनुसार प्रतिफल नहुँदा पलायन हुने अवस्थामा पुगेको पाण्डेले बताउनुभयो ।

धेरै लगानी गरेर प्रतिफल पाउन नसकेपछि धेरै कृषकहरु पलायन हुने अवस्थामा पुगेको पाण्डेको भनाइ छ । कालिजको चल्ला राखेको ५ महिना पछि बल्ल बेच्न लाएक हुन्छ । कालिज प्रति केजी २ हजारमा बिक्री हुने गरेको छ । कालिजको चल्ला राखेको ५ महिना पछि बल्ल बेच्न लाएक हुन्छ ।  कालिज प्रति केजी २ हजारमा बिक्री हुने गरेको छ । बिक्रीका लागि महङ्गो मूल्य हुँदा समेत यसको बजारीकरण सहज छैन् । नेपालमा कालिजपालन व्यवसाय नौलो हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया