गणतन्त्र दिवस : चन्द्रकोटका एक सय ४० जनाद्वारा रक्तदान



Live Gulmi


महेश बाेहरा, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १७ औं गणतन्त्र दिवसको अवसर पारेर मंगबार शान्तिपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदानमा एक सय ४० युनिट रगत संकल्न भएको छ । जसमा एक सय ४० जनाले रक्तदान गरेका थिए । यो सङ्ख्या गुल्मीमै पहिलो रहेकोे बताइएको छ ।

अहिलेसम्म एकैपटकमा यति ठूलो सङ्ख्यामा गुल्मीमा रक्तदान गर्ने स्थानीय तह चन्द्रकोट नै रहेको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बताउनुभयो । केही समय अगाडि चन्द्रकोट गाउँपालिका गुल्मी र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही बिच भएको सहमति अनुसार चन्द्रकोट बासीलाई लुम्बिनी प्रदेश भर आवश्यक रगत निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको थियो । गाउँपालिकामा रक्तदान कार्यक्रममा स्थानियका साथ साथै जनप्रतिनिधि, कर्मचारी लगायत विभिन्न संघ संस्थाबाट विभिन्न ब्यक्तिहरुको उल्लेखिनिय सहभागीता रहेको थियो । रक्तदान गर्न पाँउदा स्थानियहरुमा खुशी देखिएका थिए । उनिहरुले रक्तदान जिवन दान भएको बताए ।

Jeewan and Rajan Tailors

प्राविधिक सहयोग गरेको संस्था रक्त संचार सेवा केन्द्र रुपन्देही प्रमुख राधा ज्ञवालीले पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएकोले रगतको अभाव हुन नदिनका लागी कार्यक्रम फलदायी हुने बताउनुभयो । उहाँले जनसंख्या बृद्धि संगै विभिन्न रोगहरु बढ्दै जाँदा रगत आवश्यक रहेको बताउनुभयो ।

The Star Family Restaurant

नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले आफुले ८२ पटक रक्तदान गरेको बताउदै अहिले रक्तदान गर्नेको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले स्वस्थ्य मान्छेले १ सय २० दिनमा रक्तदान गर्न सकिने बताउनुभयो ।

चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले गाउँपालिका नागरिकलाई स्वस्थ्य कसरी बनाउने र रगत आवश्यक परेको खण्डमा निःशुल्क रुपमा उपलब्ध गराउन लागी परेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष युवराज केसीले रक्त संचार सेवा केन्द्र रुपन्देही संगको सम्झौता अनुसार हाल सम्म ८ जनाले सेवा लिइसकेको बताउनुभयो । उहाँलले गाउँपालिकाका एक पटक पनि रक्तदान नगरेकालाई प्रोत्साहन गर्नका निम्ति पनि कार्यक्रमको अयोजना गरिएको बताउनुभयो ।

चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल शिक्षक महासंघ चन्द्रकोट गाउँपालिका, उद्योष् बाणिज्य संघ शान्तिपुर, नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही र नेपाल स्वयमसेवी रक्तदाता समाज गुल्मीको सहकार्य र रक्त संचार सेवा केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । विभिन्न ब्यक्तिहरुले रक्तदान गरेका थिए । कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्षयुवराज केसी ,उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बृद्धप्रकाश पौड्याल लगायत जनप्रतिनिधि र कर्मचारी सहित गाउँपालिका भित्रका विभिन्न संघ संस्थाहरु र जनसमुदायहरुको व्यापक सहभागिता रहेको थियो । १७ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा अवसरमा चन्द्रकोट गाउँपालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, विद्यालयहरू लगायतका कार्यालय परिसर एवम् सार्वजनिक स्थलहरूमा सरसफाई कार्यक्रम सम्पन्न समेत गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया