मदन भण्डारी राजमार्गको तम्घास सिमलटारी खण्डका चार पुल वर्षात अगाबै सक्न मुस्किल



अनिल खत्री


गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी जिल्लाको तम्घास–सिमलटारी खण्डमा चारवटा पक्की पुलको ढलान सकिएको छ । जिल्लाको क्षेत्रनम्बर–२ अन्तर्गत मदनभण्डारी राजमार्गको तम्घास सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म पुग्ने सडक खण्डका बिचका विभिन्न ४ वटा स्थानमा पक्की पुल निर्माणकार्य भइरहेको छ ।
   
राजमार्गको तम्घास सिमलटारी खण्डका हुलाके, धनार्जी, फूलवारी र घमिरका खोलामा पुल निर्माणको काम भइरहेको छ । ५ वर्ष अगाडी सडक कालोपत्रे भएपनि पुल नहुँदा वर्षातको समयमा सवारी साधन तथा नागरिकले सास्ती खेप्नुपर्ने अवस्था रहेको छ । गुल्मी जिल्लाको पश्चिम क्षेत्रमा अति व्यस्त सडकमा पुल नहँदा वर्षातको समयमा बिरामी बढि समस्या झेल्नुपर्ने अवस्था रहेको छ । कोरोना महामारीको समयमा वर्षातको बेला तीन दिनसम्म खोला तर्न नसकेर एक जना बिरामीको बाटोमै मृत्यु भएको थियो ।पुल नहँदा वर्षेनी सवारी साधनहरुले जोखिम मोल्नुपर्ने अवस्था रहेको छ । यसवर्षको वर्षातको समयमा पुल सञ्चालनमा आउने आशामा  नागरिक छन् तर पुल निर्माणको काम हेर्दा गर्नुपर्ने काम धेरै छ । पुलको जेठको दोश्रो साता वित्दै गर्दा मुख्य ढलान गर्ने कार्य सम्पन्न भएको छ ।
   
फूलवारी र घमिर खोलामा निर्माणधिन पुलको केहि महिना अगावै ढलान भएको थियो । हुलाके र धनार्जी खोलाको पुलको जेठको दोश्रो साता मात्रै ढलान गर्ने काम पुरा भएको छ । निर्माण व्यवसायीले पटकपटक म्याद थप गरेर पुल निर्माणको काम गरिरहेका छन् । वर्षात नजिकिदै जान थालेपछि मदन भण्डारी पुन निर्माणको पछिल्लो अवस्था बारेमा भ्रष्टचार बिरुद्धको नागरिक निगरानी गुल्मी सहित सरकारी निकायमा प्रतिनिधिले अनुगमन गरेको छ । संस्थाका प्रतिनिधि सहित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट पनि अनुगमनमा सहभागिता रहेको थियो । अनुगमनको क्रममा चारवटा पुलमध्ये तीनवटा पुलको ढलान गर्ने काम सम्पन्न भएको र एउटा ढलान गर्दै गरेको अवस्था रहेको थियो ।
     
तम्घास सिमलटारी सडम कालोपत्रे भएको वषौं भयो । त्यस सडकमा वर्षातको समयमा सवारी साधानले वषौंदेखि सास्ती खेप्दै आएका छन् । नागरिकबाट पटकपटक जनगुनासो आएपछि सरकारी निकायबाट अनुगमन भएको हो । अनुगमन कर्ताले काम गुणस्तरीय भएपनि समयमै हुननसक्नुले नागरिकमा जनगुनासा बढेलेको भ्रष्टचार बिरुद्धको नागरिक निगरानी गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए उनले यसवर्षको वर्षातमा पुल निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । पुल निर्माणको काम सम्पन्न गर्न थपिएकै समयमा पनि काम हुने अवस्था नदेखिएपछि आयोजना कार्यालय र निर्माण व्यवसायीलाई दबाब पर्न थालेको छ ।  ४ वटा पुल मध्ये फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माणको काम गरिरहेको छ ।  हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण कार्य गर्दै आएको छ ।
     
घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु सम्झौता रहेको थियो । तर म्याद थप गरेर २०८० चैत्र ८ गतेसम्म रहेको थिय। जेठ महिनाको दोश्रो सातासम्म यी पुलको प्रगती ७० प्रतिशत मात्रै भएको छ । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । यी दुईवटा पुलको काम ढलान सकेर एप्रोज वाल लगायतका कार्य बाँकी रहेको छ ।  धनार्जी रोधी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागत रहेको  छ । धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाई को हुनेछ । यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने छ । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ ।
 
पुल निर्माण कार्य २०८१ साल कात्तिक महिना भित्र सम्पन्न गरि पुनः सक्ने म्याद थपिएको छ । तर पछिल्लो जेठ महिनाको दोश्रो सातासम्म यी पुलको प्रगती ७० प्रतिशत भएको छ । यी दुइवटा पुल निर्माणको ढलानको काम सकेर एप्रोल वाल र पहुँच सडक बिस्तार गर्न बाँकी रहेको छ । २ वटा पुलमा पहुँच सडक बिस्तार गर्न जग्गा विवाद भएकाले काम गर्न बाँकी रहेको मदन भण्डारी आयोजना कार्यालयका इन्जिनियर दिपक बिकले बताए ।
   
असार भित्रै पुल निर्माणको काम सकेर गाडी चलाउने गरि काम भइरहेको बिकले बताए । तम्घास सिमलटारी सडक खण्डका चार स्थानका पुन नबन्दा वर्षातको समयमा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले कैयौं सवारी साधनहरु बगाउने गरेको छ । पुल नहँुदा धेरै जोखि बढेको छ । खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुइ तिन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता पनि सृजना हुन्छ । तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम पाँचवर्ष पहिले एक अर्बको लागतमा सम्पन्न भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया