क्याप्टेन कृष्णबहादुर थापाको नेतृत्वमा भुतपुर्व सैनिक संघ छत्रकोट



Live Gulmi


भुवन भुसाल, गुल्मी । नेपाल भुतपुर्व सैनिक संघ छत्रकोट गाउँ समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । आईतवार छत्रकोट गाउँपालिकामा सम्पन्न अधिवेशनले क्याप्टेन कृष्ण बहादुर थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।

नव गठित समितिमा हवल्दार राम बहादुर महतरा उपाध्यक्ष, सुवेदार राजेन्द्र प्रसाद पन्थ सचिव, ओम बहादुर ढेंगा कोषाध्यक्ष, भिमलाल पन्थ सहसचिवमा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गोकुल प्रसाद पचभैया, मान बहादुर थापा, जीबन रजाली, बसन्त शाही, हर्क बहादुर बुचा, शालिकराम भण्डारी, भक्त बहादुर रेस्मी, देव बहादुर लम्तरी, मन बहादुर रेश्मी, र शुर्य बहादुर रजाली चयन हुनुभएको छ । प्रथम अधिवेशनले सुवेदार मेजर शेर बहादुर टण्डनको संयोजकत्वमा ३ सदसिय सल्लाहाकार समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा हवल्दार सुत बहादुर राकस्कोटी र नायक शेर बहादुर टण्डन चयन हुनुभएको नेपाली कांग्रेस छत्रकोटका सभापती धातानन्द भुसालले जानकारी दिनुभयो ।

Jeewan and Rajan Tailors

कार्यक्रममा भुतपुर्व सैनिक संघ जिल्ला तदर्थ समिति गुल्मीका अध्यक्ष यज्ञमुर्ती थापाको प्रमुख आतिथ्यता रहेको थियो भने कांग्रेस छत्रकोट सभापती भुसालको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता रुक बहादुर राकसकोटी लगायतको उपस्थिती रहेको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया