चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने 



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण  गरेको  दिनको अवसरमा  जेठ ४ गते एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने  शनिबार पत्रकार भेटघाट गरेर जानकारी गराएको हो ।                                                                        गाउँपालिकाले अघिल्लो वर्षबाट  नि:शुल्क स्वास्थ्य शिविर गर्ने कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताउनुभयो  । शिविरमा विभिन्न रोगका१६ जना बिशेषज्ञ डाक्टरहरुको सहभागीता हुनेछ ।                                                                           चन्द्रकोट गाउँपालिका गुल्मीको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको स्वस्थ नागरिकको परिकल्पनालाई व्यवहारमा लैजादै गाउँपालिका भित्रका नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य शिविरमा राख्ने गरेको पालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।                                                                          नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी वहन गर्ने क्रममा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य परिक्षण मार्फत स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिले लिएको छ । आर्थिक अभावले अनेत्र गएर उपचार गराउन नसक्ने नागरिकलाई राहत दिने उदेश्यले बृहत नि: शुल्क शिविर राखिएको अध्यक्ष खत्रीले बताउनुभयो । शिविरमा जटिल रोगका बिरामी फेला परे अनेत्र उपचारमा जानको लागि गाउँपालिकाले शहरीकरण गर्ने अध्यक्ष खत्रीको भनाइ छ ।                                                                   यसक्षेत्रका नागरिक विभिन्न रोगका बिशेषज्ञ सेवा लिन पाल्पा, बुटवल, काठमाडौं जानुपर्ने बाध्यता छ । गतवर्ष पालिकाले राखेको शिविरमा २ हजार बढी नागरिकले सेवा लिएका थिए । पालिकाले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने पनि गर्ने भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया