गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु



अनिष पन्थी


गुल्मी । गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ् । जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाकी बिष्णु रानाको मृत्यु भएको हो । शनिबार दिउँसो १:३० बजेको समयमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्न गैई ३५ बर्षिए राना घाइते भैइ गुल्मी अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी शंकर पोख्रेलले जानकारी दिए ।
यस्तै सोही क्रममा ५४ बर्षिए हुमकला रानाको कम्मरमा चोट लागेको र गुल्मी अस्पताल तम्घासमा उपचार भैइरहेको पोख्रेलले बताए । घटना सम्बन्धि थप विवरण पछि आउने प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया