गुल्मीमा स्वास्थ्य चौकी हिडेका मानिस मृत फेला



अनिष पन्थी


गुल्मी । गुल्मीमा स्वास्थ्य चौकी हिडेका मानिस मृत फेला परेका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर १ का ४७ बर्षिए लालबहादुर बिक मृत फेला परेका हुन् ।

गएराती बेलुका ८ बजेको समयमा टाउकोमा चोट छ भनी घरबाट हिडेका बिक आज शुक्रबार बिहान ७:३० बजेको समयमा घर नजिकै २५ मिटर तल खसेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।

Jeewan and Rajan Tailors

बिकको घरमा आमा, श्रीमती, बुहारी रहेको र छोरा कामको शिलसिलामा भारतमा रहेको पोख्रेलले जानकारी दिए । घटना बारे थप अनुसन्धान भैइरहेको र घटनाको अन्य विवरण पछि आउने प्रहरीको भनाइ छ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया