गुल्मीका २० वर्षीय युवा पाैडी खेल्ने क्रममा भारतमा बेपत्ता



Live Gulmi


अनिल खत्री, गुल्मी । गुल्मीका पौडी खेल्ने क्रममा डुबेर २० वर्षीय पुरुष बेपत्ता भएका छन् । जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्ग निपानेका सिताराम बोहोरा गत बुधबार १९ गते पौडी खेल्ने क्रममा हराएका हुन् ।
उनी करिब १५ दिन अगाडि रोजगारीको शिलशिलामा भारत पुगेका थिए । गर्मिको अत्याधिकसङ्गै गर्मी छल्नको लागि पौडी खेल्दै गर्दा उनी बैशाख १९ गते डुबेर बेपत्ता भएका हुन । उनी भारत पठानकोटको ओमेल कम्पनीमा खाना बनाउने काम गर्थे ।                                                                              साथीहरु सँग सापुर कन्डीमा दिउँसो ३ बजे पौडी खेल्न पुगेका थिए । उनी सँगै खेल्न पुगेका साथिको भनाई अनुसार गहिराई बढीको कारण डुबेको सोही ठाउँ बस्दै आएका स्थानीय लक्षमण खत्रीले जानकारी दिए । बेपत्ता अहिले सम्म फेला नपरेको र खोजी कार्य भइरहेको खत्रीले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया