गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ५ डाँडापोखरीमा आगलागी भएको छ् । सोमबार दिउँसोदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन ।
निजि खरबारी तथा जंगलमा लागेको आगो फैलिन गई वडा नम्बर ५ डाँडापोखरी ढकालटोल बस्ने रविन ढकालको ढुङ्गा माटोले बनेको टिनले छाएको ३ तले घर र २ तले गोठमा आगलागी भएको हो ।
आगलागी बाट घर र गोठ पुर्ण रुपमा जलि क्षति भएको तर मानवीय र चौपाय क्षती नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।
यस्तै सोही स्थानमा बस्ने रिता ढकालको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले गोठमा आगलागी भई पुर्ण रुपमा जलि क्षेती भएको समेत प्रहरीले जनाएको छ । प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा आगो निभाउने कार्य भईरहेको र अन्य विवरण पछि आउने प्रहरीको भनाइ छ् ।