गुल्मीमा प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै



अनिष पन्थी


गुल्मी । गुल्मीमा प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ्  । रेसुङ्गा नगरपालिका कार्यपालिकाको बैठकको निर्णयानुसार रेसुङ्गा नगर स्थापना दिवसको अवसरमा वडास्तरीय प्रथम रेसुङ्गा मेयरकप फुटबल प्रतियोगिता हुने भएको हो ।

बैशाख २४ गतेदेखि २७ गतेसम्म चिदिचौरमा पुरुषहरु बिच खेल सञ्चालन हुने छ् । नगरपालिका भित्रका सम्पूर्ण वडा कार्यालयहरुले आफ्नो वडाबाट प्रतिनिधित्व हुने गरी वडाका स्थायी वासिन्दा पुरुष खेलाडीहरु मध्येवाट एक टिम जस्मा १६ जना खेलाडी, १ जना टिम कोच र १ जना अफिसियल गरी जम्मा १८ जना छनौट गरी वडा अध्यक्षको सिफारिस सहित नाम नामेसी विवरण मिति १७ गतेसम्म नगरपालिकाको शिक्षा शाखामा उपलब्ध गराउन नगरपालिकाले एक सुचना जारी गर्दै आग्रह गरेको छ ।

Jeewan and Rajan Tailors

नगरपालिकाले जारी गरेको सूचना ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया