मदानेको अग्लुङ्गमा आगलागीबाट पाँच घरगोठ जलेर नष्ट, तिव्र उद्धार र राहतको काम हुँदै



Live Gulmi


अनिल खत्री, गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा आगलागीबाट पाँच  घरगोठ जलेर नष्ट हुँदा करोडौंको क्षति भएको छ । विभिन्न ठाउँका जंगलमा लागेको आगो हावाहुरीसँगै हावाहुरीकै वेगमा बस्तीमा पस्दा बस्ती सखाप भएको हो । गत  बिहिवार देखि सुरु भएको आगलागी सनिवार स्थानीयले नियन्त्रण गर्दा गर्दै बस्तीमा पसे पछि अग्लुङ्गको साबिक वडा नम्बर ७ को नेप्टेमा तीन घरगाेठ र टेक्कामा दुई घरगाेठ गरी जम्मा पाँच घरगाेठमा क्षती हुनुका साथै पशुचौपायामा आंशिक क्षती भएको स्थानीय दिपक थापाले बताए  ।                                                                                आगलागीबाट प्रभावित परिवारलाई स्थानीय तह र नेपाल रेडक्रस गुल्मी, मदाने बिपत् व्यवस्थापन समिती, जिल्ला बिपत् व्यवस्थापन समिती, संघ सस्था, राजनैतिक दल र सहयोगी दाताहरुले खाद्यान्न सहित राहत सामग्री र नगद रकम वितरण गरेका छन् । आगलागीले नेप्टे र टेक्काको बस्तीमा बिजोग बनाएको छ । घरगोठ जलेपछि पहिलो दिनत कोहि आफन्तको घर भने कतिपय खुला आकाशमुनी बस्न बाध्य बनेका थिए । अहिले कतिपयले खरको झुपडि तथा पाल टागेर बैकल्पिक उपाय प्रयोग गरिरहेका छन  । समयमै राहात नपाउँदा स्थानीय थप पीडित बनेका थिए। आगलागीका कारण बस्तीमा आएको खानेपानीको पहुँच टुटेको छ ।जंगलसँगै बस्ती पनि आगोले सखाप बनेपछि हरियोसँगै सुकेका पनि सबै घाँस नष्ट हुँदा बाँचेका पशुचौपायलाई बचाउन मुस्किल परिरहेको छ ।

आइतवार देखि उद्धार तथा सहयोग गर्नेहरु स्थानीय देखि जिल्ला सम्मका ब्यक्तिको उपस्थिति रहेको थियो । जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल,जिल्ला प्रहरी प्रमुख,शसस्त्र प्रहरी प्रमुख,नेपाली सेनाका मेजर, बन कार्यलय गुल्मीका प्रमुख ,मदाने गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष ,विभिन्न कार्यलय प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थितिमा प्रती घरधुरी लाई २० हजार नगद तथा विभिन्न जिन्सि राहत सामाग्री बितरण गरेको छ ।                                                                                यसै गरी स्थानीय शेरबहादुर खड्कासहित मदाने गाउँपालिका वडा नम्बर  १ प्रतिनिधि तथा कर्माचारीको टिमले दाल, चामल, नुन, तेल राहत उपलब्ध गराएको छ । मदाने गाउँपालिका बिपत् व्यवस्थापन समितिले  केही राहतका सामाग्री सहित घटना को प्रवृत्ति हेरि डोर बहादुर मल्ल लाई नगद रु ४६०००, वसन्त मल्ललाई रु ४५०००, नक्कल मल्ललाई नगद रु २२००० , देउमान चन ठकुरीलाई नगद रु ३०,००० र  देबसिहं सेन ठकुरीलाई नगद रु ३६००० उपलब्ध गराएको छ । त्यस्तै  उपशाखा पुर्कोटको समन्वयमा नेपाल रेडक्रस सोसाइटी गुल्मीले पीडित परिवारहरुलाई  प्रतिपरिवार त्रिपाल ,कम्बल,कपडा सेट, भाडा सेट प्रदान गरेको छ । नेकपा एमाले मदाने गाउँपालिका कमिटीका अध्यक्षले पार्टीको तर्फ देखि नगद रु १५ हजार  नगद सहित उपलब्ध गराउनु भएको हो भने  पुर्कोट नागरिक समाजले केही थान ब्लाङ्केट र लगाउने कपडा हरु उपलब्ध गराएको छ ।

Jeewan and Rajan Tailors

साबिक वडा नम्बर ८ मा रहेको सरगम सञ्जाल युवा क्लबले नगद रु १५,०००, मदाने गा.पा अग्लुङ्ग साबिक ९  ओख्लेदहमा संगठित समाज सुधार तथा जनचेताना अभियान संस्थाले संघ-संस्था तथा चन्दा संकलन गरि रु ५७,७१० सहित संस्थाका अध्यक्ष रेखिराम बोहोरा र सल्लाहकार राजेन्द्र बिष्टले पीडित परिवार घटनाको प्रकृति हेरि नगद उपलब्ध गराउनु भएको छ । मदाने गा.पा.५ मलागीरी निवासी अखिल थापाले नगद रु १५०००,अग्लुङ्ग फेदी निवासी गोपाल बहादुर चन्दले नगद रु ५५०० उपलब्ध गराउनु भएको छ । बिपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल ले राहत वितरण गर्दै प्रदेश सरकार तथा केन्द्र सगं समन्वय गरेर तत्काल आवास पुन: निर्माण लाई पहल गर्ने बताउनु भएको छ । सोही अबसरमा मदाने गाउँ पालिका का अध्यक्ष महेन्द्र बहादुर कुवंरले दुःखको घडीमा सहानुभूति प्रकट गर्दै आगो नियन्त्रण तथा बिपत व्यवस्थापनमा स्थानीयको एकता र सहयोग उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । निरन्तर मलम लगाउने कर्ममा लागिरहने  मदाने गाउँपालिका ०१ का वडाअध्यक्ष सुशील चन्दले बताउनु भएको स्थानीय दिपक थापाले जानकारी दिए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया