गुल्मीको इस्मामा जीप दुर्घटना, चालक घाइते



Live Gulmi


गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ ताल्तुङमा लु १ ज ४७२९ नम्बरकाे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                                 दुर्घटनाबाट चालक २५ वर्षीय ओमबहादुर सारु घाइते भएका छन् । जीप सडकबाट ५ मिटर तल खसेको थियो । घाइतेको अवस्था सामान्य छ । उनलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया