गुल्मीका एक पुरुषको मुस्ताङमा लेक लागेर मृत्यु



Live Gulmi


गुल्मी । मुस्ताङको कागबेनीमा श्राद्ध गर्न गएका एक तीर्थालुको लेक लागेर मृत्यु भएको छ । गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको सोमबार बिहान वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीधाममा पुजापाठ गर्ने क्रममा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको धार्मिक स्थल कागबेनीधामको कालिगण्डकी किनारामा दिवंगत पितृको श्राद्ध, पिण्डदान र तर्पण दिनका लागि पूजापाठ र स्नान गरिरहेको बेला अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनी त्यही बेहोस भई ढलेका थिए । त्यसपछि उनलाई प्रहरी र स्थानीयबासीको सहयोगमा कागबेनी स्वाथ्यचौकी पुर्‍याइएको थियो। बेहोस भई ढलेका लम्साललाई कागबेनी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि मुस्ताङ अस्पताल जोमसोम ल्याइएको थियो ।

Jeewan and Rajan Tailors

स्वास्थ्य चेकजाँच गर्ने क्रममा सोमबार बिहान ८ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए । मुस्ताङ तीर्थयात्राको क्रममा लेक लागेर मृत्यु भएका लम्सालका सहोदर दाई हेमलाल लम्सालको रोहबरमा शवको पोस्टमार्टम गरी प्रहरीले मुचुल्का उठाएर आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

The Star Family Restaurant

मुस्ताङमा लेक लागेर चालु आर्थिक वर्षको ९ महिनामा ११ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ३ जना नेपाली र ८ जना भारतीय छन् । अन्नपूर्ण

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया