ब्रेन ट्युमर पीडित सन्दीपको उपचारका लागि खुकुरी युवा क्लबद्वारा सहयोग



अनिष पन्थी


गुल्मी । खुकुरी युवा क्लबले रमाइलो होलिकार्यक्रम अन्तर्गत गुल्मीदरबार गाउँपालिकाका एक ब्रेन ट्युमरका बिरामीलाई उपचार स्वरुप सहयोग गरेको छ् । गाउँपालिकाको वडा नम्बर ७ का ब्रेन ट्युमरबाट पीडित बिरामी सन्दीप अर्यालको उपचारको लागि नगद १५ हजार सहयोग गरिएको हो ।

सन्दीपको उपचारको निमित्त खुकुरी युथ क्लबले फागु पुर्णिामा अथार्त होलिको अवसरमा सङकलन भएको रकमबाट सहयोग गरेको क्लबका सचीव निशान टण्डनले जानकारी दिए । ब्रेन ट्युमरबाट पीडित अर्याललाई सहयोग गर्न पाउँदा खुसी भएको टण्डनले बताए ।

Jeewan and Rajan Tailors

सन्दीपको बाबा र आमा रोजगारीको सिलसिलामा बिदेश भएको कारण उनको अङकललाइ नगद हस्तान्तरण गरिएको क्लबले जनाएको छ । खुकुरी क्लबले यस अगाडि पनि विभिन्न सामाजिक काम हरु गर्दै आएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया