गुल्मीमा आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास



अनिल खत्री


गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासको चिदीचौरमा आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी वल र नेपाल प्रहरीले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरेको हो ।

गर्मी र सुख्खा सिजन सुरु भएसँगै आगोलागीबाट वर्षेनी हुने जनधनको क्षतीसँगै वन वातावरणको संरक्षण गर्ने उदेश्यले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । आगोलागीका घटना हुँदा नियन्त्रण, खोज उद्धार तथा प्रथामिक उपचारमा कसरी व्यवस्थापन गनेए भन्ने विषयमा नमूना अभ्यास गरिएको थियो । कृत्रिम अभ्यासका माध्यमबाट जनचेतना फैलाउने उदेश्यले आगोलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले वर्षेनी सुरक्षाकर्मीको सहयोगमा दैविक प्रकोप नियन्त्रण समबन्धी नमूना अभ्यास गर्ने गरेको छ ।

Jeewan and Rajan Tailors

रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ मा गरिएको नमूना अभ्यासमा तम्घासको चिदीचौरमा केहि घरहरु बनाएर आगोलागी भएको घटना बनाइएको थियो । घटनामा आगो निभाउने क्रममा केहि घाइते भएको र घरहरु जलेको दृश्य बनाइएको थियो । घटनामा घाइतेहरुलाई उद्धार र घरमा लागेको आगो नियन्त्रणमा ल्याउने बारे नमूना अभ्यास गरिएको हो । नमूना अभ्यासमा सुरक्षाकर्मीले घाइतेको उद्धार र आगो नियन्त्रणमा ल्याएको अभ्यास गरेका थिए । त्यस्तै घरमा रहेका ग्यास शिलिण्डरहरुबाट लाग्ने आगोलागी बारेमा पनि नमूना अभ्यास गरिएको थियो ।

The Star Family Restaurant

ग्यास शिलिण्डरबाट लागेको आगो कसरी निभाउन सकिन्छ भन्ने बारेमा पनि सुरक्षाकर्मीले नमूना अभ्यास गरेका थिए । नमूना अभ्यास कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुखहरु लगायत स्थानीयबासीको सहभागिता रहेको थियो । यसवर्ष हिउँदको समयमा वर्षात पनि कम भएकाले वनडढेलो वढने प्रवल सम्भावना रहेको छ । गर्मी र सुख्खा सिजनमा वनमा डढेलो लाग्नाले करोडौं मुल्यको क्षती हुँदै आएको छ । वनमा लागेकोे डढेलो वस्तीमा पुग्दा वर्षेनी जनधन को क्षती हुने गरेको छ । गुल्मी जिल्लामा ४६ हजार ९८ हेक्टर क्षेत्रफल वन रहेको छ ।
जिल्लाको कुल क्षेत्रफलको ४१ दशमलव ७३ प्रतिशत क्षेत्र वन रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा वर्षेनी १ हजार ५ सय हेक्टर भन्दा वढि क्षेत्रफलमा डढेलो लाग्ने गरेको छ ।

मानवीय त्रुटीका कारणले वन क्षेत्रमा आगलागीका घटनाहरु हुने गरेको पाइएको छ । वर्षेनी वन डढेलो लाग्ने गरेता पनि लगाउने मानिस पक्राउ पर्ने गरेको पाइदैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया