रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न



अनिष पन्थी


गुल्मी । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले संस्थागत रूपमा समुदायस्तरमा स्वास्थ्य शिविर आयाेजना गरि सामाजिक उत्तरदायित्व वहन गरेकाे छ । उक्त स्वास्थ्य शिविरमा गुल्मी इस्मा गाउँपालिका वडा नं. २ स्थित रातचाैरमा बसाेबास गर्ने लक्षित कुमाल जातिका जेष्ठनागरिकहरूकाे बल्ड प्रेसर र सुगर सहित स्वास्थ्य परिक्षण गरिएको हो ।

शिविरमा स्थानीय जनजाति समुदायका ६५ जना नागरिकहरूकाे स्वास्थ्य जाँच गरी परामर्श गरिएकाे थियाे । उक्त शिविर संचालनमा स्थानीय वडाकाे स्वास्थ्य इकाइ र इस्मा गाउँपालिका वडा नम्बर २ को सहयोग रहेकाे थियाे ।

Jeewan and Rajan Tailors

क्याम्पसमा गठित स्वतन्त्र विद्यार्थी युनियन , स्वास्थ्य तथा शारीरिक शिक्षा विद्यार्थी समाज (हेपास ) र युवा रेडक्रस सर्कलकाे सहजिकरण रहेकाे थियाे । कार्यक्रममा वडाघ्यक्ष, स्वास्थ्यकर्मी र रेसुङ्गा क्याम्पसका प्राध्यापकहरुको सहभागीता रहेको थियो । याे शिविर क्याम्पसले हरेक वर्ष “As a Part of the Outreach Program” काे रूपमा समुदायस्तरमा संचालन गर्दै आएकाे छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया