स्ववियु रेसुङ्गा बहुमुखीको एक बर्ष : चमेनागृहको संचालनदेखि रक्तदानसम्म



अनिष पन्थी


गुल्मी । गुल्मीको शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको एक बर्ष पुगेको छ । २०७९ चैत ५ गते सम्मपन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पुनाराम घिमिरेको नेतृत्व निर्वाचित भएको एक बर्ष पुगेको हो ।

बर्षौदेखिको नेतृत्व परिवर्तन भएर नयाँ नेतृत्व बन्दा विद्यार्थी पनि उत्साहित थिए । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ८ प्रत्येक्ष र ७ समानुपातिक गरि १५ सदस्यीय कार्यसमिति बनेको छ । एक बर्षको यात्रासम्म आइपुग्दा विद्यार्थी र क्याम्पसको हितमा केही नयाँ र रचनात्मक काम गरेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पुनाराम घिमिरेले बताए ।

Jeewan and Rajan Tailors

क्याम्पसमा लामो समयदेखि बन्द रहेको चमेनागृह सञ्चालन गरि हाल संचालनमा आएको छ । बिद्यार्थीलाई आधुनिक प्रबिधिसङ्ग जोड्न क्याम्पसमा तिर्नुपर्ने शुल्क बैंक मार्फत तिर्न सकिने व्यवस्थाको सुरुवात गरेको घिमिरेले बताए । बर्षौदेखि पुस्तकालयमा किताब नविकरणको अबधि १५ दिन रहेको तर विद्यार्थीको सहजताको लागि हाल एक महिना पुराइएको छ ।

The Star Family Restaurant

क्याम्पसबाट र अन्य ठाउबाट क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुलाइ उपलब्ध हुने छात्रबृतिकोलागि स्ववियु भवनबाटै फारम बितरण एवं सहजीकरण गर्दै थप सहयोग गरिएको अध्यक्ष घिमिरेले बताए । बिपद व्यवस्थापनबाट कसरी जोगिने र अरुलाइ कसरी जोगाउने भन्ने बिषयमा केही बिद्यार्थीलाई ब्यारेकमा सन्चालित तालिममा पठाइ बिधार्थीलाइ बाहिरि अतिरिक्त कुरामा अगाडि बढाईएको जानकारी दिए ।

स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा रेसुङ्गा परिसरमा सरसफाइ कार्यक्रम गरि सामाजिक काममा समेत अग्रसर भएको छ। स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा क्याम्पस परिसरमा थियो रक्त समुह पहिचान दयियम नचयगउ पहिचान एवं बल्ड प्रेसर जाँच कार्यक्रम सम्पन्न गरि त्यसबाट बिधार्थी सहित प्रध्यापकहरु एवम क्यामपसमा कार्यरत कर्मचारीले समेत सुबिधा लिएको थिए ।

स्वतन्त्र बिद्यार्थी युनियनको आयोजना र ग्लोबल बैङक सङ्गको सहकार्यमा बिधार्थीलाइ सेयर बजार सम्बन्धि अभिमुखिखरण् कार्यक्रम सन्चालन् गरिएको र त्यसबाट बिधार्थीहरु मात्र नभैइ प्रध्यापकहरु एवम क्यामपसमा कार्यरत कर्मचारीे समेत सहभागि भैइ कार्यक्रम गरिएको छ । स्नातक तह प्रथम बर्षमा आउने विधार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको , दशै तिहार र छठ पर्वको अवसर पारी शुभकामना कार्यक्रम गरिएको साथै सरस्वती पुजाको दिन कार्यक्रम समेत गरिएको थियो।

स्वतन्त्र बिधार्थी युनियनको आयोजनामा ब्ल्ड डोनर्स सोसाईटि नेपाल र रक्तदाता समाज गुल्मी सङ्गको सहकार्यमा रक्त दान सम्बन्धि उत्प्रेणा अभियान सन्चालन गरिएको थियो । बिधार्थी भर्नामा सहयोग पुर्याउन बिभिन्न बिधालय र कोचिङ सेन्टरमा समेत पुगेर क्याम्समा आउन प्रोत्सहान गरिएको थियो ।

स्वतन्त्र विद्यार्थी युनियनकै पहलमा स्नातक तह चौथो बर्षमा अध्यनरत बिधार्थीको लागि एक हप्ते उधमशिलता तालीम आयोजना र क्याम्पसमा बेसिक लेभल र एडभान्स लेभलको कम्प्युटर कक्षा समेत गरिएको छ । क्याम्पस परिसरको सरसफाई, बगैचा रेखदेख, बिधार्थीको पठनपाटनको अवस्थाको बारेमा बुझने जस्ता अतिरिक्त कार्यक्रम गर्दे अगाडी बढेको छ।
यसबाट बिधार्थीहरुपनि खुसि देखिन्छन । यस्तै निर्वाचित भएको एक बर्ष पुगेको अवसरमा जिल्ला हस्पिटल गुल्मीका बिरामीलाई फलफुल वितरण एवं रक्दान कार्यक्रम समेत गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया