गुल्मीको तम्घासमा घर भत्किँदा एक महिला घाइते



Live Gulmi


गुल्मी । गुल्मीको तम्घासमा घर भत्किँदा एक जना महिला घाइते भएकी छिन् । जिल्ला सदरमुकाम तम्घासस्थित सहिदचोकमा एक पुरानो घर भत्काउने क्रममा महिला घाइते भएकी हुन् ।

बाग्लुङ्गको निसीखोला गाउँपालिका घर भई गुल्मीको रेसुंगा नगरपालिकामा बस्दै आएकी ३५ वर्षीया पुस्पा बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार मजदुरी गर्ने बिक घर भत्किँदा पुरिएपछि घाइते भएकी हुन् ।
घाइते बिकलाई तत्काल स्थानीयले गुल्मी अस्पताल पुराएका थिए । उनको अहिले उपचार भइरहेको छ । अवस्था भने सामान्य रहेको छ ।

Jeewan and Rajan Tailors

पुरानो घर भत्काउने क्रममा माथिल्लो र बीच दुबै तला आफैं भत्किएका थिए । घर कच्ची थियो । जीर्ण घर पुनःनिर्माणका लागि भत्काउन लागिएको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया