खुकुरी युवा क्लबले यस बर्ष पनि ‘रमाइलो होली’ कार्यक्रम गर्ने



अनिष पन्थी


गुल्मी । गुल्मीमा खुकुरी युवा क्लबले रमाइलो होली कार्यक्रम गर्ने भएको छ । रंगहरुको पर्व होलीको अवसरमा भब्य कार्यक्रम गर्न लागिएको क्लबले जनाएको हो ।

फागु पुर्णिमाको अवसरमा चैत ११ गते खुकुरी युवा क्लबले होलीलाई भब्य बनाउन विभिन्न सांस्कृति कार्यक्रम तथा खेलकुद प्रतियोगीता आयोजना गरेको छ । खुकुरी ब्यान्डको लाइभ कन्सर्ट र क्लबहरुका मनमोहन नृत्य प्रस्तुत हुने सचिव निशान टण्डनले जानकारी दिए । त्यस्तै घैटोफोर, स्लो बाइक रेस, बालबालिकाको चम्चा दौड र भाले छोप्ने खेलहरुको आयोजना गरेको टण्डनले बताए ।

Jeewan and Rajan Tailors

कार्यक्रमका अवसरमा स्थानीय स्तरको खाजाका परिकारहरुको प्रर्दशनी गरिने क्लवका अध्यक्ष सन्दीप भलामीले जानकारी दिए । यी यस्ता पर्वको जर्गेना, जाउँ हिड रेसुंगा अभियानको प्रर्वद्धन साथै नयाँ पुस्तामा होलीको भावनाको विकास गर्ने योजना रहेको भलामिले बताए ।

The Star Family Restaurant

प्रतियोगीताको दर्ता शुल्क र कार्यक्रममा संकलन भएको रकम बाट गुल्मी दरवार गाउँपालिका–७ मा ब्रेन ट्युमरबाट पीडित सन्दीप अर्याललाई प्रदान गर्ने क्लव अध्यक्ष भलामीले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया