मुसिकोटमा जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने



Live Gulmi


सूर्य सुनार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने सुचना जारी गरेको छ।
नगरभित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने सुचना जारी गरेको हो ।

नगरपालिकाले सूचना निकालेर जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।

Jeewan and Rajan Tailors

सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो । सरकारी सेवामा कार्यरत कर्मचारी र जनप्रतिनिधिले निजी विद्यालयमा अध्ययन गराएकाले यसको अत्यको लागि नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।

The Star Family Restaurant

नगरपालिकाको नगर सभाबाट निर्णय भई ऐन-नियममा व्यवस्था गरिएको सम्बन्धमा सार्वजनिक जानकारी गराउदै अब नयाँ शौक्षिक सत्रमा सबैले सामुदायिक सरकारी विद्यालयमा विद्यार्थी भर्ना गर्न आग्रह गरेको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताउनुभयो । मुसिकोट नगरपालिकामा १६ माध्यामिक विद्यालय, ८ निम्न माध्यामिक विद्यालय र ४७ प्राथमिक तह विद्यालय रहेको नगरपालिकाले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया