गुल्मीमा घर र गोठमा आगलागी,लाखौंको क्षति



अनिष पन्थी


गुल्मी । गुल्मीमा घर र गोठमा आगलागी भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका ६ लेनगाका राम बहादुर रानाको खरले छाएको २ तले कच्ची घर, खरले छाएको १ तले कच्ची गोठमा आगलागी भएको हो ।

आगलागी बाट झण्डै ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

Jeewan and Rajan Tailors

स्थानीय जमाने जंगलमा लागेको आगो रानाको घर गोठसम्म पुगी आगलागी भएको हो । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, कागजपत्र सहित नगद २३ हजार रुपैयाँ जलेर नष्ट भएको पाण्डेले जानकारी दिए ।

The Star Family Restaurant

त्यस्तै गोठमा रहेको २ वटा बाख्रा, ८ वटा कुुखराको जलेर मृत्यु भएको र घर तथा गोठ पुर्ण रुपमा जलेर क्षति भएको प्रहरीको भनाई छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया