विद्यार्थीलाई उद्यमसङ्ग जोड्दै रेसुङ्गा क्याम्पस



अनिष पन्थी


गुल्मी । गुल्मीमा विद्यार्थीहरुका लागि युवा उद्यमशीलता तालिमको सुरुवात गरिएको छ । जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना र क्याम्पसको सह-आयोजनामा ७ दिने युवा उद्यमशीलता तालिम सुरुवात गरिको हो ।

कार्यक्रमको पहिलो दिन कार्यक्रमको उटघाटन गर्दै क्याम्पस प्रमुख हरि बहादुर खत्रीले विद्यार्थीहरुका लागि गरिएको यो कार्यक्रम बाट धेरै फाइदा पुग्ने बिश्वास व्यक्त गरे । विद्यार्थीहरुले सिकेको सीप कहि न कतै काम लाग्ने बताएका छन् ।

Jeewan and Rajan Tailors

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख माधव अर्यालले बजारमा आवश्यक पर्ने सीपहरु विद्यार्थीहरुलाइ सिकाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा क्याम्पसमा अध्ययनरत केही विद्यार्थीको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका कर्मचारी त्रीबिक्रम ज्ञवालीले गर्नुभएको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया