रेसुङ्गा बहुमुखी क्याम्पसमा नेविसंघ प्रोत्साहन छात्रवृत्ति स्थापना



अनिष पन्थी


गुल्मी । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसले नेविसंघ प्रोत्साहन छात्रवृत्ति स्थापना गरेको छ । क्याम्पसको ४१ औं बार्षिकोत्सवको अवसरमा छात्रवृत्ति स्थापना गरिएको हो ।

यो बर्ष ७ जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरेको इकाई सभापति शिव भण्डारीले जानकारी दिए । छात्रवृत्ति प्राप्त गर्न सफल सबै साथीहरूलाई हार्दिक बधाई एवं थप शैक्षिक सफलताको कामना गर्दै सभापति भण्डारीले आगामी बर्षमा यस्लाइ ७ जनाबाट बढाएर धेरै बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Jeewan and Rajan Tailors

यो बर्ष बबिता श्रेष्ठ, लीलामणि खनाल, यादव मरासिनी ,निलम महत, निरुता खत्री, रमेस बिक र दिवस थापाले प्राप्त गरेका छन् । क्याम्पसको बार्षिकोत्सवको अवसर पारी रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया