गुल्मीको मदाने गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न



Live Gulmi


गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ काे पहिलो चौमासिक साथै हालसम्म भएका सम्पूर्ण गतिविधिहरुको सार्वजनिक सुनुवाइ गरेको हो ।

गाउँपालिकाकाे वडा नम्बर ४ म्यालपाेखरीको वडा कार्यालयमा मदाने गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालय पुर्काेट दहको आयोजना र वडा कार्यालयको सहआयोजनामा सार्वजनिक सुनुवाइ भएको थियो । पत्रकार महेश बाेहरा र सन्तोष महताराले सहजीकरण गरेको उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरकाे अध्यक्षता तथा प्रमुख जवाफदेही वक्ताको रुपमा कार्यक्रम सुरु भएको हो ।

Jeewan and Rajan Tailors

गाउँपालिका उपाध्यक्ष तथा जवाफदेही वक्ता सरिता खड्काको स्वागत मनतव्यमा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले ब्यानर पढेर उद्घाटन गरे ।

The Star Family Restaurant

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले चालु आर्थिक वर्ष २०८०/८१ काे पहिलो चौमासिक साथै हालसम्मका गतिविधिहरु सार्वजनिक गरे । उनले गाउँपालिकाले गरेका सम्पूर्ण गतिविधि र कार्यपालिकाका निर्णयहरु पनि सार्वजनिक गरे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले प्रश्न, जिज्ञासा, गुनासा र सुझावहरु प्रस्तुत गरे । सहभागी स्थानीयले प्रशासकीय भवनको निर्माणमा ढिलाइ, जंगली जनावरले घरेलु जनावर खाइदिएकाे, कार्यक्रममा सबै राजनीतिक दललाई सहभागी नगराएको, कृषि र पशु उपजकाे बजार ग्यारेन्टी गर्नुपर्ने, गाउँपालिका अन्तर्गतका विद्यालयका विद्यार्थीलाई लागेको अज्ञात राेगकाे समाधान हुनुपर्ने र गाउँपालिकाकाे नाम मदानेकाे ठाउँमा पुर्काेटमदाने हुनुपर्ने लगायतका बिषयहरु उठान भएका थिए ।

जवाफदेही वक्ताकाे रुपमा विभिन्न शाखाका प्रमुख, इलाका प्रहरी कार्यालय पुर्काेट दहका प्रहरी निरीक्षक दिपेन्द्र अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी, गाउँपालिका उपाध्यक्ष सरिता खड्का र गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले प्रश्नहरुकाे सुझाव दिएका थिए ।

कार्यक्रमकाे समापन गर्दै गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले समुन्नत मदाने र सम्मानित मदानेवासीकाे सपना पुरा गर्नेतर्फ लागेको बताए । उनले सबै नागरिकको समस्यालाई मध्यनजर गर्दै सुझावलाई समेत आत्मसात् गर्दै काम गरिरहेकाे बताएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया