गुल्मीका कान्छो ज्योतिष पाण्डे युवा तन्त्र  पुरस्कार २०२३  बाट सम्मानित



अनिष पन्थी


गुल्मी । अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन २०८० बाट गुल्मीका ज्योतिष चुरामणि पाण्डे युवा तन्त्र  पुरस्कार २०२३  बाट सम्मानित भएका छन् ।
दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा भएको अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र  सम्मेलन २०८० बाट गुल्मीका ज्योतिष चुरामणि पाण्डे युवा तंत्र पुरस्कार २०२३  बाट सम्मानित भएका हुन्।

गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरमा जन्मिएका उनी अन्लाईन मार्फत बिश्वभर ज्योतिष सेवा प्रदान गर्दै आएका छन् । सम्मान बाट आफुलाइ धेरै हौसला र तन्त्र सेवामा लाग्न थप उर्जा प्राप्त भएको बताए ।
बाल्यकालदेखि कुलदेवको असिम आशीर्वाद बुबा हजुरबुबा र कुलगुरुको संगत र सिकाइबाट १४ बर्षको वाल्यकालदेखिनै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गरेका र पछी ज्योतिष बिषयमा गुरुहरुको सामिप्यमा अध्ययन कुलगुरुको मार्गदर्शनमा तन्त्र साधना गरि राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएका बहुआयामिक धार्मिक व्यक्तित्व युवा तन्त्र ज्योतिष पाण्डेको नेपालमा मात्र नभएर विश्व भर तान्त्रिक परामर्श दिने गरेका छन् ।

Jeewan and Rajan Tailors

दर्जनौ सामाजिक तथा धार्मिक संघ सस्थामा आबद्ध रहेर काम गरेका पाण्डेले सेवानै धर्म हो भन्ने मर्मलाई आत्मसात गर्दै शास्त्रानुकुल ज्ञानका आधारमा प्रचिन विधि अनुसार उचित सेवा प्रदान गर्दै आएका छन | केही बर्षदेखी ज्योतिष,वास्तु तथा तन्त्र क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएका पाण्डे अहिले सामाजिक कर्ममा पनि निरन्तर लागिरहेका छन् ।

The Star Family Restaurant

काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र  सम्मेलनममा नेपालको संघीय संसद प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरे, नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, एसियन एष्ट्रोलोजर कङ्रेस अध्यक्ष मण्डलका महासचिव प्राडा एस.के शास्त्री, नेपाल पन्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो.पं.सुर्यप्रसाद ढुङ्गेल, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहअध्यक्ष आचार्य डा.अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघका प्रमुख सल्लाहकार प्राडा माधवप्रसाद पाण्डे उपस्थिति थिए ।

यस्तै  नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो.माधवराज पाण्डे, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति बंगलादेशका कोषाध्यक्ष फकिर एसिर अरफत मेहदी, श्रीलंकाबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा.जि.एम.गुणपाला, दक्षिण एसियाली ज्योतिष महासंघ भुटानका सभापति डा.प्रेमसिंङ साम्पाङ्ग राई, विश्व ज्योतिष महासंघ मलेसियाका सभापति डा.टि.सिल्वा, थाइल्यान्डबाट तनुश्री दुवे, विश्व ज्योतिष महासंघ बर्माका सभापति डा.नारायणप्रसाद पाण्डे र अमेरिका, जापान, चीन लगायतका विभिन्न देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा छलफल , राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिहरुलाई सम्मान, महासंघको अनुसन्धानात्मक मुखपत्र मन्दाकिनी विमोचन र संस्थाको लोगो वितरण लगायतको कार्यक्रम रहेको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया