सिवाइसी नेपाल लघुवित्त गुल्मीद्वारा मृत्यु दाबी भुक्तानी



Live Gulmi


प्रिंयका पन्थी, गुल्मी । सिवाइसी नेपाल लघुवित्त गुल्मीद्वारा मृत्यु दाबी भुक्तानी गरिएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड गुल्मी शाखाले मृत्यु दाबी भुक्तानी गरेको हो ।

संस्थामा आवद्ध बेलकुमारी खत्रीकाे निधन भएकोमा संस्थाले उनको छाेरा दिपक खत्रीलाई मृत्यु दावी भुक्तानी बिहीबार दिएको हो । संस्थाले एक लाख आठ हजार छ सय रुपैयाँ हस्तान्तरण गरेको केन्द्र  प्रमुख मिनकुमारी घर्तीले जानकारी दिइन् ।

Jeewan and Rajan Tailors

बिहीबार मृत्यु दाबी रकम भुक्तानीपछि हस्तान्तरण गर्दै केन्द्र  प्रमुख घर्तीले धेरै लघु वित्तीय संस्थाले ठगी गर्ने भाग्ने गरेको गुनासो आएकोमा सिवाइसी लघुवित्त भरपर्दो र उदाहरणीय रहेको बताएकी थिइन् ।

The Star Family Restaurant

मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रममा रेसुंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हिराबहादुर थापाले प्रमुख अतिथिको रुपबाट पीडितलाई रकम प्रदान गरेका थिए । कार्यक्रममा वडा सदस्य भगवती कुँवर, इस्मा गाउँपालिका पूर्वउपाध्यक्ष बिमला केसी लगायतको सहभागीता थियोे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया