गुल्मीको रेसुंगामा ढुंगाको घर बनाएपछि मागेको वर पुरा हुने



अनिष पन्थी


गुल्मी । गुल्मीको रेसुंगामा ढुंगाको घर बनाएपछि मागेको वर पुरा हुने धार्मिक बिश्वास छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थल रेसुंगा क्षेत्रमा उक्त बिश्वासले भक्तजनले ढुङ्गाका घरहरू निर्माण गर्न थालेका हुन् ।

उक्त क्षेत्रमा ढुङ्गा माथी ढुङ्गा खप्टाएर बनाइएका घरले त्यस क्षेत्रलाई थप आकर्षित बनाएको छ । रेसुङ्गा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकले ढुङ्गालाई एक आपसमा खप्ट्याएर राख्दा पारिवारिक वातावरण राम्रो हुने बिश्वास गरिएको छ ।

Jeewan and Rajan Tailors

यस क्षेत्रमा गरुणकाे मुर्ति समेत रहेको छ । रेसुङ्गा पुग्ने पर्यटकले ढुङ्गा खप्टाएर घर निर्माण गर्न थालेका छन् । यो सङ्गै पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने बिश्वास गरिएको छ ।

The Star Family Restaurant

लुम्बिनी प्रदेश सांसद निमा गिरीले बुधबार रेसुङ्गा क्षेत्रको अवलोकनसँगै त्यस क्षेत्रमा आफुले समेत ढुङ्गा खप्टाएर घर निर्माण गरेकी छिन् । अवलोकनसँगै गिरीले रेसुङ्गा र प्युठानको स्वर्गद्वारीलाई जोडनुपर्ने धारण समेत व्यक्त गरिन् ।

रेसुङ्गालाई पर्यटक सँग जोड्न जिल्लाको रेसुङ्गा नगरपालिकाले केही समय अगाडि देखि जाउँ हिंड रेसुङ्गा अभियान समेत संचालन गरेको छ । यो अभियान अहिले जिल्ला व्यापी समेत बनेको पर्यटन व्यवसायी सुदर्शन खनालले बताए ।

हालै मात्रै प्युठानकाे झिमरुक गाउँपालिकाले गुल्मीको रेसुंगा, प्युठानकाे स्वर्गद्वारी र अर्घाखाँचीकाे सुपादेउराली जाेड्न सार्वजनिक यातायात संचालन गर्ने तयारी गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया