गुल्मीमा आँखामा लगाउने औषधि सम्बन्धी अभिमुखीकरण



Live Gulmi


गुल्मी । गुल्मीमा आँखामा लगाउने औषधि सम्बन्धी अभिमुखीकरण गरिएको छ । नेपाल औषधि व्यावसायी संघ लुम्बिनी प्रदेशको चौथो स्थापना दिवसको अवसरमा आयोजित आँखामा लगाउने औषधि सम्बन्धि अभिमुखीकरण कार्यक्रम गुल्मीमा गरिएको हो ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै औषधि व्यावसायी संघ लुम्बिनी प्रदेशका सदस्य तथा गुल्मी जिल्लाका इन्चार्ज कमलप्रसाद पाण्डेले यस आँखामा लगाउने औषधि सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा अस्पतालका प्राविधिक वीर बहादुर कार्कीले मानिसको सबैभन्दा महत्त्वपूर्ण अङ्ग आँखा रहेको र यसलाई हेलचक्य्राइँ गर्न नहुने बताउँदै आँखामा कुनै समस्या देखिनसाथ तुरुन्तै आँखा विशेषज्ञ सँग जाँच गर्न आग्रह गरेका थिए ।  आँखालाई सुरक्षा प्रदान गर्न के गर्न सकिन्छ र आँखामा लाग्न सक्ने रोगहरुको बारेमा समेत छलफल गरिएको थियो ।

Jeewan and Rajan Tailors

कार्यक्रम नेपाल औषधि व्यावसायी संघको आफ्नै भवनमा कार्यक्रम संचालन गरिएको औषधि व्यावसायी संघ गुल्मीका सदस्य मनिराम पाण्डेले जानकारी दिए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया