खुकुरी युथ क्लबले मनायो दीप प्रज्वलन गरी सहिद दिवस



अनिष पन्थी


गुल्मी । आज सहिद दिवस गुल्मीमा पनि दीप प्रज्वलन गरी मनाइएको छ् । गुल्मीको रेसुङ्गा नगरपालिका -८ सहिद चोक स्थित सहिद सम्सेर बहादुर खत्रीको शालिकमा सहिदहरुको सम्मानमा खुकुरी युथ क्लबलले दीप प्रज्वलन गरि मनाएको हो ।

युवाहरुले गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले अनुकरणीय कार्यको थालनी गरेकोमा उक्त्त क्लवलाई विशेष आभार प्रकट गर्नुभयो । युवा पुस्तामा यी यस्ता दिवस मनाउने प्रचलन कमै मात्रमा देखिदै गएको बताउँदै नगरप्रमुख पन्थीले यी यस्ता दिवस मनाउन युवाहरूको पनि कर्तव्य रहेको बताउनुभयो । क्लबलाई आफ्नो तर्फबाट आगामी दिनमा पनि सधै सहयोग गर्ने समेत पन्थीले बताउनुभयो ।

Jeewan and Rajan Tailors

जिल्लाको रेसुङ्गा नगरपालिका -८ मा केही बर्ष अगाडि स्थापना भएको क्लबले विभिन्न सामाजिक काम गर्दै आएको क्लबका सचीव निशान टण्डनले जानकारी दिनुभयो । युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गरेका अमर शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री तथा सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुको सम्झनामा कार्यक्रम गरिएको टण्डनले जानकारी दिनुभयो ।

The Star Family Restaurant

कार्यक्रममा नगरप्रमुख पन्थी सहित क्लबका अध्यक्ष सन्दिप भलामी, क्लबका उपाध्यक्ष कृष्ण श्रीस , सचिव निशान टण्डन लगायतको उपस्थिति रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया