लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा पुवारे



Live Gulmi


नवीन कार्की, गुल्मी । नेपाली कांग्रेस गुल्मीदरबार गाउँपालिकाले भातृ सस्था आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन सम्पन्न गरेको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो ।

नेपाली कांग्रेस गुल्मीका उप-सभापति अनन्तराम पौडेल प्रमुख अतिथि रहेको उक्त अधिवेशन बाट कुमारी दनुवार पुवारे अध्यक्ष इन्द्रबहादुर डम्बरपाल र झबिण्द्र रासकोटी उपाध्यक्ष बिकास रजाली र नरेन्द्र श्रेष्ठ सचिव लगायत १७ सदस्यीय लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठन भएको छ।
कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा,नेपाली कांगेस महासमिति सदस्य मुकेश थापा,नेपाली कांग्रेसका क्षेत्रीय सदस्य ईश्वरी परियार गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा र वडा सभापति लेखेन्द्र पुन मगरले अधिवेशनको सफलता सहित शुभकामना राख्नु भएको थियो।

Jeewan and Rajan Tailors

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रिय कार्यसमितिको निर्देशन र जिल्ला तदर्थ समिति गुल्मीको निर्णय अनुसार नेपाली कांग्रेस गुल्मीदरबार गाउँपालिकाका सभापति प्रेम पुनको सभापतित्वमा भएको उक्त कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस गुल्मीदरबार गाउँपालिकाका सचीव शालिकराम टन्डनले गर्नु भएको थियो।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया