गुल्मीमा बाथ रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



अनिष पन्थी


गुल्मी । गुल्मीमा बाथ रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।जिल्लाको धुर्कोट गाउँपालिका -३ हाडहाडेमा भगवती युवा क्लबको आयोजनामा शुभ लक्ष्मी फर्मा तम्घास गुल्मी सँगको सहकार्यमा एक दिने बाथ रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर माघ १३ गते शनिबार भगवती प्राबिको प्राङ्गणमा सम्पन्न भएको क्लबका सचिव सरोज खत्रीले जानकारी दिए । स्वास्थ्य शिविरमा रगत परीक्षण, सुगर युरिक एसिड परामर्श, औषधि वितरण कार्यक्रम रहेको सचिव खत्रीले जानकारी दिए । क्लबले जुन उद्देश्य राखेर स्वास्थ्य शिविर आयोजना गरेको थियो त्यो लक्षित समुह समक्ष पुगेको महसूस भएको खत्रीले दावी गरे । स्वास्थ्य शिविरबाट १६५ जनाले सेवा लिएको क्लबले जानकारी दिएको छ ।

Jeewan and Rajan Tailors

स्वास्थ्य सेवा लिएका मध्य केहीको अवस्था जटिल वा रोग बल्झिसकेको र घरको आर्थिक अवस्था पनि कमजोर भएकोले भगवती युवा क्लबको समन्यवमा शुभ लक्ष्मी फर्मा तम्घास गुल्मीमा ल्याउने र तम्घासबाट सम्पूर्ण चेक जाँच तथा औषधि उपचार नि:शुल्क हुने संस्थाका प्रमुख होम पल्लीले प्रतिबद्धता जनाए । क्लबले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत स्वास्थ्य शिविर कार्यक्रम देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट गरेको क्लबले जानकारी दियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया